विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम
म्याग्दी | माघ २५, २०७९
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । किशोरी शिक्षा कार्यक्रमअन्तर्गत रितुङ माध्यमिक विद्यालयका छात्राहरुलाई कुइनेमङ्गले र अमर माविका छात्राहरुलाई चिमखोलाले आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको हो ।
किशोरीहरुमाथि हुन सक्ने हिंसालाई रोक्न र प्रतिकार गर्ने क्षमताको विकास गराउन तथा सचेत बनाउने उद्देश्यले सामाजिक विकास कार्यालयले र मिलन म्याग्दीले आत्मरक्षाको तालिम दिइएको हो ।
आत्मरक्षा तालिमका प्रशिक्षक चन्द्रा घले गुरुङले सहभागी किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले किशोरी तथा बालबालिकाहरुमाथि हुने हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी, बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)का प्रमुख डा. विराज आचार्यले ओसिएमसीबारे जानकारी दिनुभयो ।
ओसिएमसी र अस्पतालबाट भइरहेका सेवा प्रवाहबारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै मेडिकल अधिकृत डा. आचार्यले लैङ्गिक हिंसा भएको खण्डमा बेनी अस्पतालको ओसिएमसीमा आएर उपलब्ध सेवासुविधाको प्रयोग गर्न आग्रह गर्नुभयो ।
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

